पोखरामा शुक्रबारदेखि हुने भेट्रान्स फुटसलको तयारी पूरा
पाेखरा | जेठ १७, २०८१
पोखरा: पोखरामा स्वर्णिम एफसीले आयोजना गर्ने पहिलो संस्करणको भेट्रान्स फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।
भोलिदेखि (शुक्रबार) ३५ वर्ष माथि उमेर समूहलाई लक्षित गरेर सुरु हुने फुटसल प्रतियोगिताको तयारी करिब पूरा भएको क्लबका कोषाध्यक्ष विकास गुरुङले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म कुल १६ टिमको दर्ता भइसकेको छ ।
उनले सो प्रतियोगितामा सहभागिता जनाउनका लागि नगद रु ४ हजार ५ सय दर्ता शुल्क निर्धारण गरिएको जानकारी दिए ।

अमरसिंह स्पोर्टस् सेन्टरमा १८ र १९ गते गरि दुई दिन सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई नगद रु ६० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कोषाध्यक्ष गुरुङले बताए ।
यस्तै उपविजेता टिमले नगद रु ३० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

